एनआरएनए साइप्रसको अधिवेशन सम्पन्न, अध्यक्षमा दिल पुन

डिसी नेपाल
३० भदौ २०७६ ८:४३

काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साईप्रसको आठौँ अधिवेशन सम्पन्न भएको छ।

एनआरएनएका साईप्रसका अध्यक्ष सुभास मल्लको अध्यक्षतामा आयोजित अधिवेशनमा प्रमुख अथिती अवैतनिक नेपाली बाणिज्य दूतावासका मानार्थ वाणिज्य दूत डा. राम जीवन पंजियार तथा विशेष अथिती एनआरएनए आईसीसी प्रतिनिधि रंजित कुमार महतो, निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाह, सदस्य विकास दवाडी र यम थापाको उपस्थिीतमा २५ जनाको नयाँ कार्यसमिती छनौट चयन गरेको छ।

अधिवेशनबाट अध्यक्षमा दिल कुमारी तिलिजा पुन निर्वाचित भएकी छन् । त्यस्तैगरी अधिवेशनबाट उपाध्यक्षमा अन्तेस रावत, जस माया पुन, किस्मत पौडेल विजयी भएका छन् भने महासचिवमा कृप थापा र सचिवमा पुरन बहादुर पुन मगर विजयी भएका छन्।

कोषाध्यक्षमा दिनेश ढकाल, सह-कोषाध्यक्षमा अनिल भन्डारी, सह-सचिवमा दया सागर अर्याल, युवा प्रतिनिधिमा कुन्दन कार्की, महिला प्रतिनिधिमा सरिता कुमारी चौधरी, प्रवत्तामा दिनेस हरिजम गोतम चयन भएका छन्।

त्यस्तैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रञ्जित सापकोटा, दयाराम थापा, अन्सरी ओजेर, सन्जय कुमार मन्डल, राजन श्रेष्ठ, नेतिश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखरेल विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *