चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

डिसी नेपाल
३० भदौ २०७६ २३:१६

काठमाडौं। चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ।
संस्थानको सोमबार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।

सर्वोच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबिबिएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए । हाल त्रिविवि, काठमाडाँै विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा एमबिबिएसको अध्ययन हुनेगर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *