मलेसिया रोजगारी नियमित भएकामा सङ्घ खुशी

डिसी नेपाल
३० भदौ २०७६ २३:४७

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुशी व्यक्त गरेको छ।

सङ्घका अध्यक्ष रोहन गुरुङले आज एक विज्ञप्ति जारी गर्दै सङ्घले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताउनुभएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको सङ्घले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *