भगवान सबै ठाउँमा देखिँदैनन्, भगवानलाई अनुभव गर्न सकिन्छ

डिसी नेपाल
३१ भदौ २०७६ ८:११

काठमाडौं। पुरानो लोक कथाका अनुसार एक दिन प्रसिद्ध सन्त नामदेव आफ्नो आश्रममा आफ्ना शिष्यलाई प्रवचन दिइरहेका थिए। उनी भक्ति र ज्ञानको महत्व सम्झाइ रहेका थिए। त्यही क्रममा उनका शिष्यले भगवान हरेक ठाउँमा किन देखिँदैनन् भनेर प्रश्न गरे।

यो प्रश्न सुनेपछि सन्तले आफ्नो शिष्यलाई एक लोटा पानी पानी र थोरै नुन ल्याउन भने। शिष्यले तत्काल दुवै चीज लिएर आए। आश्रममा उपस्थित सोचिरहेका थिए–पानी र नुनको यो प्रश्नसँग के सम्बन्ध छ?

सन्त नामदेवले शिष्यलाई पानीमा नुन हाल्न भने। शिष्यले तत्काल गुरुको आज्ञाको पालना गर्दै त्यसै गरे। त्यसपछि प्रश्न सोध्ने शिष्यलाई लोटा दिँदै भने–तिमीले यो लोटामा नुन देखेका छौ?’

शिष्यले भने–नुन त पानीमा बिलायो। पानीमा नुन हालेपनि त्यो देखिँदैन। फेरि सन्तले भने–पानी चाखेर हेर त यसमा नुन लागेको छ की छैन?’

शिष्यले पानी चाखे, पानी चर्को थियो। शिष्यले पानीमा नुन रहेको कुरा सुनाए। त्यसपछि सन्तले उक्त पानीलाई केही सयम उमाल्न भने। पानी उम्लिँदा उम्लिँदै सबे वाफ बनेर उड्यो। सन्तले पानी उमालेको भाँडो हेर्न भन्दै त्यसको केही भए नभएको बारे सोधे।

शिष्यले भने गुरुजी पानी त सबै वाफ बनेर उडेड, यसमा त नुनको कणमात्रै छ। सन्तले भने–तिमीले पानीमा बिलाएको नुन देखेनौं, तर अनुभव चाँहि गर्यौ, त्यसैगरी भगवना पनि सृष्टिको कण कणमा विराजमान छन्। तर देखिँदैनन्। भगवानलाई मात्र अनुभव गर्न सकिन्छ।

जब हामीले चर्को पानीलाई उमाल्दा सबै पानी वाफ बनेर उड्यो र हामीले अन्तिममा नुनको करणमात्र देखियो, त्यसैगरी भगवान प्राप्तिका लागि हामीले भक्ति, ज्ञान। ध्यान र धर्मकर्ममार्फत आफ्नो नराम्रो कुरालाई समाप्त पार्नुपर्छ। हामी पूर्ण रुपमा शुद्ध भएपछि भगवान प्राप्ति गर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *