लम्जुङमा भूकम्पको धक्का

डिसी नेपाल
३१ भदौ २०७६ ११:००

काठमाडौं । आज मंगलबार बिहानै लम्जुङमा भूकम्प गएको छ ।

आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लम्जुङलाई केन्द्रविन्दू बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि सोमबार राती ८ बजेर १८ मिनेट जाँदा दार्चुला र भारतको सिमाना नजिक केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो भने आइतबार हुम्ला केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

भूकम्प मापन केन्द्रका अनुसार नेपालमा २०७२ सालको विनासकारी महाभूकम्पछि हजारौं पटक साना ठूला भूकम्प गइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *