एनआरएन मलेसिया र राजदुत पाण्डेबीच भेटघाट कार्यक्रम सम्पन्न
मलेसिया । गैर आवासीय नेपाली संघ, मलेसियाको छैठौं अधिवेशबाट चयन भएको नयाँ समितिले आज मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेसंग नेपाली राजदुताबासको सभा कक्षमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
भेटमा नव निर्वाचित समितिको जानकारी पत्र गैर आवासीय नेपाली संघ, मलेसियाका नव निर्वाचित अध्यक्ष हरि भट्टराईले राजदुत पण्डेलाई बुझाएका थिए।
यसै भेटमा हवाई टिकटको मूल्य अत्याधिक वृद्धि भएकोले मलेसिया सरकारले सञ्चालन गरेको आम माफि सहितको घर फिर्ती कार्यक्रमलाई असर पारेको विषयमा ध्यानाकर्षण गराउँदै यस समस्याको समाधानको बाटो खोज्न आग्रह गरेको थियो।
साथै दुतावाससंग हरेक कार्यमा समन्वय र सहकार्य गर्न तत्पर रहेको र नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गैर आवासीय नेपाली संघ, मलेसियाले भरपुर प्रयास गर्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता जाहेर गरेका थिए।
भेटमा नव निर्वाचित समितिलाई शुभकामना दिदै राजदुत पाण्डेले दुतावासको तर्फबाट नेपाल एयरलाइन्स र मालिन्डो एयरलाइन्सलगायतसंग घर फिर्ती कार्यक्रमबाट नेपाल फर्कने नेपालीहरुको लागि हवाई टिकटको सहुलियतरुपमा सुबिधा दिन प्रस्ताव गरेपनि एयरलाइन्सहरुको प्राविधिक कारणबस अस्वीकार भएको जनाकारी गराए।
उक्त भेटमै मलेसियाका लागि नव नियुक्त सहायक राजदुत मोतिराम श्रीस मगरलाई खाँदा ओढाई स्वागत गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment