आज बुधबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१ असोज २०७६ ६:३१

आज मिति २०७६ साल भदौ ३१ गते मंगलबार । तदनुसार सन् २०१९ सेप्टेम्बर १७ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष, तृतीया, १४ः०७ उप्रान्त चतुर्थी। नक्षत्र– अश्विनी, २९ः२५ बजेउप्रान्त भरणी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भौतिक साधना गर्नाले प्रसन्नता मिल्नेछ। साझेदारीमा फाइदा होला। विद्या क्षेत्रमा भने निकै सफलता मिल्ला।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

चुनौतीहरु पन्छ्याउँदै अगाडि बढे नबनेका काममा विशेष सफलता मिल्नेछ। वैदेशिक क्षेत्रबाट भने निकै नोक्सानी होला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज गीत संगीतमा रम्ने योग छ भने प्रेमी प्रेमिका बीचको सम्बन्ध भने निकै राम्रो रहला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज आय आर्जनको स्रोत बढ्नेछन्। व्यापारमा पनि निकै फाइदा होला। चन्द्रमा अलि कमजोर हुँदा चिसोबाट सावधान रहनुहोला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लगनशिलताले किर्तिमान दिलाउनेछ। मनमा शान्ति र मुहारमा कान्ति आउनेछ। धन लाभ हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कामका लागि गरिएको भ्रमणमा समय मात्र वित्नेछ। समस्या थपिन सक्छन्। साना तिना कामले मनमा अशान्ति हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कामका क्रममा विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदी क्षेत्रमा रुची बढ्नेछ।

बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अस्वस्थताका बावजुत कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय वित्नेछ। मनमा निकै कुरा खेल्नेछन्।

धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यवसायमा लाग्नेहरुलाई विशेष फाइदा होला। रुचीका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरहरु प्राप्त हुनेछन्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भविष्यका लागि विशेष काममा जग बसाउने समय छ। व्यवसायमा प्रसस्त फाइदा होला। धन लाभ हुने योग छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सोचेको काममा समय वित्नेछ। उपलब्धि प्राप्त गर्न निकै मिहेनत गर्नु पर्नेछ। काम पुरा नहुनाले मन खिन्न रहला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमै ध्यान दिनुहोला। आज तपाईको दिन निकै महत्वपूर्ण छ। सोचेका काममा सफलता प्राप्त गर्ने अवसर मिल्ला ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *