इन्द्रजात्राः सुरु र अन्त्य (फोटोफिचर)

डिसी नेपाल
१ असोज २०७६ ८:३८

काठमाडौँ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा बुधबार सम्पन्न भएको छ।

आठ दिने लामो इन्द्रजात्राको अवसरमा पहिलो दिन गत मंगलबार वसन्तपुरमा इन्द्रको मूर्तिस्वरुप विहान ९ बजेर १७ मिनेटको साइतमा लिङ्गो ठड्याइएको थियो।

देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेका बेला पक्राउ गरेको किंवदन्ती छ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ। इन्द्रजात्राको मुख्य दिन भदौ २७ गते दिउँसो ४ः०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु भएको थियो।

त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्ने परम्परा छ। त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइएको थियो।

भदौ २८ गते शनिबार माथिल्लो टोलमा रथयात्रा गरियो। यस्तै हिजो अर्थात अन्तिम दिन भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गरिएको थियो। त्यसपश्चात राति करीब ८ः०० बजे जीवित देवी कुमारीसँग राष्ट्रपति भण्डारीले टीका प्रसाद ग्रहण गरेकी थिइन्।

टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले खड्ग साट्ने परम्परा छ। जात्राको आठ दिन सकिएसँगै आज असोज १ गते बिहान ५ः३५ बजे साइमा लिङ्गो (इन्द्रध्वज पातन) ढालिएको हो।

लिङ्गो ढालेपछि वसन्तपुरबाट तानेर टेकुदोभान लगी वाग्मतीमा सेलाइएको। यसरी आजबाट इन्द्रजात्रा समाप्त भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *