अविरल वर्षाका कारण भोजपुरमा घर भत्कियो

डिसी नेपाल
१ असोज २०७६ ११:२३

भोजपुर । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ।

बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो। यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ।

स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किँदा मानवीय क्षति नभए पनि एक बोका मरेको प्रहरीको भनाइ छ।

क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी हुनासाथ गएराति नै प्रहरी टोली त्यसतर्फ गएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *