गाह्रो छ हजुर सिंहदरबारमा (फोटोफिचर)

डिसी नेपाल
२ असोज २०७६ ९:४७

काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आम सर्वसाधारणको पहुँच हुँदैन। सिंहदरबारभित्र प्रवेश गर्न कडा सुरक्षा व्यवस्था पार गर्नुपर्छ। कडा सुरक्षा पार गरेर सिंहदरबार प्रवेश गरेपछि जो कोहीलाई पनि लाग्न सक्छ सिंहदरबार साँच्चै व्यवस्थित र सुविधा सम्पन्न होला। तर भ्रममा नपर्नुस् तपाईँले सोचेजस्तो छैन सिंहदरबार।

मुलुकको राजधानीका सडक यतिबेला हिलाम्मे छन्। असार साउनमा धान रोप्न ठिक्क पारेका खेतका गरा जस्ता काठमाडौंको सडकको विशेषता बनेका छन्।

पानी परेका बेला हिजो र घाम लागेको बेला धुलो काठमाडौंका सडकको विशेषता हुन्। राजधानीको सडकमा भएको खाल्डा खुल्डी जस्तै मुलुकको प्रमुख प्रशासनिक केन्द्रका सडकको अवस्था छ।

बुधबार सिंहरबारभित्रको पुतली बगैंचामा केन्द्रीय संसद भवनको शिल्यान्यास गर्ने कार्यक्रम थियो। प्रधानमन्त्रीले शिल्यान्यास गर्ने संसद भवनको फोटो खिच्न धेरै पत्रकार त्यहाँ पुगेका थिए।

तर त्यहाँ पुग्न सजिलो थिएन। संसद भवन शिल्यान्यास गर्ने ठाउँमा पुग्न कुनै दुर्गम जिल्लाको बाटो पार भएर गएजस्तै थियो। पीच नभएका हिलाम्मे सडक पार गरेर त्यहाँ पुग्दा लाग्थ्यो, यो मुलुकको प्रशासनिक केन्द्र नभएर मुलुकके कुनै दुर्गम भेग हो। बाँकी फोटोमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *