४० करोडको लागतमा यस्तो बन्दै प्रधानमन्त्री निवास, प्रधानमन्त्री ओलीले गरे शिल्यानास (तस्वीर)

डिसी नेपाल
२ असोज २०७६ १४:१५
4
Shares

काठमाडौं। राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासका लागि बन्ने दुईवटा भवनको शिल्यानास गरिएको छ।

बिहीबार प्रधानमन्त्री निवासभित्र आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिल्यानास गरेका हुन्।

करिब ४० करोडमा निर्माण गर्न लागिएको उक्त भवनको निर्माण कार्य २ वर्ष भित्र सकिने जनाइएको छ।

दुई वटा भवनमध्ये एउटा प्रधानमन्त्रीको निजी प्रयोजनका लागि र अर्को सार्वजनिक प्रयोजनका लागि निर्माण गरिन लागेको जनाइएको छ।

निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगजनका लागि हुनेछ भने सार्वजनिक भवन राजनीतिक कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा प्रयोग गरिने जनाएको छ। निवास दुई चरणमा निर्माण गरिने छ।

सार्वजनिक भवनमा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्न सक्ने हल, ४० जनासम्मले खान मिल्ने डाइनिङ हल, सुरक्षाकर्मीको कन्ट्रोल रुम, सर्वसाधरणसँग भेटघाट कक्ष, प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्न अडियो भिडियो स्टुडियो बगैंचा लगायतका कक्ष हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *