नियन्त्रित लागूऔषध ४ हजार ४४२ एम्पुलसहित ८ जना पक्राउ

डिसी नेपाल
२ असोज २०७६ १९:४६

काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तीनगरबाट नियन्त्रित लागूऔषध नुर्फिन १ हजार ३७ एम्पुल, डाइजेपाम १ हजार ४७ एम्पुल र फेनारगन १ हजार ४२ एम्पुल सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत डुमरवाना बैरगनिया ठेगाना भएका ३७ वर्षीय राजा कुणाल, ३८ वर्षीय अभिशेक कुमार जयसवाल र ३२ वर्षीय राजेश कुमार जयसवाल रहेका छन्।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बिआर ३० पि ८६०७ नम्बरको गाडी जाँच गर्दा गाडीमा उक्त लागूऔषध फेला पारी उनीहरुलाई गाडी सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १० एम्पुल, फेनारगन ३ सय ७५ एम्पुल र नुर्फिन ४ सय १५ एम्पुल सहित ४ जनालाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिराहा, गोलबजार नगरपालिका ४ बस्ने ४२ वर्षीय उतिमलाल साह, सोही नगरपालिका ३ जमद बस्ने २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका १३ बस्ने ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रे रोशी गाउँपालिका ७ बस्ने २८ वर्षीय पेमा लामा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

पक्राउ परेका उतिमलाल साह कर्तव्य ज्यान मुद्धामा २ वर्ष ९ महिना सिराहा कारागारबाट कैद भुक्तान गरेको, सुजेन्द्र लोहनी लागूऔषध मुद्धामा २ वर्ष सिराहा कारागारबाट कैद भुक्तान गरेको, पेमा लामा डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिराहा कारागारबाट कैद भुक्तान गरेको र अशोक तामाङ जबरजस्ती करणी मुद्धामा २ वर्ष ६ महिना सिराहा कारागारबाट कैद भुक्तान गरी सकेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ।

ललितपुर, ललितपुर महानगरपालिका १२ लगनखेल बसपार्कबाट धोबिघाट बस्ने २६ वर्षीय सुवाश रानामगरलाई नियन्त्रित लागूऔषध डाईजोपान ९ एम्पुल, नुर्फिन ६ एम्पुल र फेनारागन ८ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरी बा ६६ प २९६९ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *