३१ तस्वीरमा हेर्नुहोस् टुँडिखेलमा मनाइएको संविधान दिवस

डिसी नेपाल
३ असोज २०७६ १४:०५

काठमाडौं। संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सातै प्रदेशको विभिन्न साँस्कृतिक नृत्य तथा झाँकीहरु प्रस्तुत गरिएको थियो।

संविधान दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। संघीय सरकारले मुल कार्यक्रम राजधानीको टुंडिखेलमा आयोजना गरेको हो। त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन पनि गरेका छन्।

यसअघि सबैलाई सहभागी भएर हर्षोल्लास पुर्वक संविधान दिवस मनाउन उर्दी नै जारी गरिएको थियो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकले काँचुली फेर्ने प्रतिबद्धता जनाएका छन्। तर त्यसका लागि सबैलाई धैर्य गर्न पनि प्रधानमन्त्री ओलीको विशेष आग्रह छ।

संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गरे।

‘संविधान दिवसको अवसर पारेर म फेरि प्रतिवद्धता जाहेर गर्दछु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्–हुन्छन्। यस अभियानको नेतृत्वमा म छु,’ प्रधानमन्त्रीले भने, ‘तर त्यसका लागि धैर्य गरौं–अढाई दशकदेखिको खजमजिएको स्थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्ने जस्ता प्रश्नहरुमाथि एक चोटी पुनर्विचार गरौं।’

प्रधानमन्त्री ओलीले मुलुक बनाउने ठोस आधार प्रस्तुत गरे। ‘हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन्। अनुकूल जलवायु छ।

राजनीतिक स्थिरता छ। तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ। युवा क्रियाशील जनशक्ति ठूलो छ,’ यसैलाई परिचालन गरेर मुलुकको काँचुली फेर्ने प्रधानमन्त्री ओलीको योजना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *