एनआरएनए नेतृत्वका लागि कुमार पन्तको उम्मेदवारी घोषणा 

डिसी नेपाल
३ असोज २०७६ १७:५१

काठमाडौँ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी) को नेतृत्वको लागी कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा मा एक कार्यक्रमको आयोजना गर्दै संघको आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र एनआरएनएमा व्यापक सहभागिता गराउने मुल मन्त्रका साथ आफू संघको नेतृत्वमा आउन चाहेको पन्तले जानकारी दिए।

पन्तले गैरआवासीय नेपाली संघले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैँ विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने अठोट सुनाए।

उनले नेतृत्व आफ्नो पोल्टामा परे संघका चालू परियोजनालाई निरन्तरता दिने, नयाँ परियोजनाहरु सम्पन्न गर्न अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने, निशुल्क सदस्य हुन पाउने प्रावधान ल्याउने, बृटिश भुपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने जस्ता विशेष कार्यसूची रहेको बताए।

यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने र नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको विश्व बजारमा प्रवद्र्धन गर्न समन्वयात्मक प्रयास गर्ने विषयलाईसमेत उनले प्राथमिकतामा राखेका छन्।

आउने चुनावमा अध्यक्ष पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीको नाम हो– कुमार पन्त, जो अहिले उपाध्यक्ष छन्। दुई कार्यकाल उपाध्यक्ष र त्यस अगाडि महासचिव सहित विभिन्न जिम्मेवारी सम्हालेका पन्त अबको चुनावमा एक बलिया प्रत्यासी पक्का हुन्।

संघको नवौँ विश्व  आगामी अक्टोबर १५ देखि १८ तारिखसम्म काठमाडौंमा हुँदैछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *