टर्कीमा ठगिएका कामदारलाई कम्पनीले पठायो क्षतिपूर्ति (सूचीसहित)

डिसी नेपाल
३ असोज २०७६ २०:२६

काठमाडौं। वैदेशिक रोजगारीका लागि टर्की पुगेर ठगिएका केही नेपाली कामदारले क्षतिपूर्ति पाउने भएका छन्। टर्कीस्थित आइजिए कम्पनीले नेपाली कामदारलाई क्षतिपूर्ति पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ।

आइजिए कम्पनीले प्रतिकामदार ५ सय र ७ सय अमेरिकी डलरका दरले १ सय ७० जनाको ९७ लाख ९ हजार ९ सय ८६ रुपैयाँ क्षतिपूर्ति पठाएको हो।

नेपालस्थित युरो नेपाल, एचआर, अवसर नेपाल, स्विफ्ट नेपाल, डेल्टालगायत म्यानपावर कम्पनीमार्फत २ वर्षको करारनामा पत्रमा हस्ताक्षर गरेर टर्की पुगेका १ हजार ३ सयभन्दा बढी कामदारहरु ७ महिनामै फर्काइएका थिए।

स्काप फोल्डिङ काम भनेर क्लिनर लगायत काममा पुर्‍याइएको, तलब मासिक ५ सय डलर हुने सुनाइए पनि मासिक २ सय मात्रै दिइएको पीडितहरुले बताएका थिए।

करार अवधि अगावै विभिन्न समयमा फर्काइएका २ सयभन्दा बढी श्रमिकहरुले वैदेशिक रोजगार विभाग बुद्धनगरमा उजुरी दिएका थिए। उजुरी दिएकामध्ये १ सय ७० जना कामदारहरुलाई टर्कीस्थित आइजिए कम्पनीले क्षतिपूर्तिस्वरुप रकम पठाएको विभागले जनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *