अवैध लागूऔषध सहित ४ जना पक्राउ

डिसी नेपाल
३ असोज २०७६ २३:०६

काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन बस्ने २४ वर्षीय शुक्रराज सारु मगरलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घरभित्र चुरोटको बट्टामा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

सर्लाही, बरहथवा नगरपालिका ९ झुलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १० केजी सहित हरिवन नगरपालिका २ बस्ने २४ वर्षीय महेशकुमार गौतमलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले ना ३० प ७४३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकालीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट र डाइजेल्याप ६ एम्पुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १६ बस्ने संखुवासभा खाँदवारी नगरपालिका ७ का विपिन थापामगर र काठमाडौं टोखा नगरपालिका ३ गोंगवु बाँनियाटार हाइट बस्ने १९ वर्षीय सुमन कार्की रहेका छन्।

उक्त स्थानमा खटिएको प्रहरीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *