आज कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् शनिबारको राशिफल

डिसी नेपाल
४ असोज २०७६ ५:३७

आज मिति २०७६ साल असोज ३ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर २० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर । दक्षिणायन, शरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष, षष्ठी, १५ः५७ उप्रान्त सप्तमी तिथि शनिबार ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कठिन र साहसिक काममा सक्रियता बढ्ला। पुराना साथीसंगीसँग भेटघाट होला। मनमा शान्ति मिल्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विभिन्न भौतिक साधनहरु जुट्नुका साथै व्यवसायमा राम्रो फाईदा उठाउन सकिने छ । प्रेम सम्बन्ध पनि राम्रै रहला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वास्थ्य सवल रहनेछ । काममा फाईदा हुने योग छ । घरेलु समस्याले सताउने हुँका काममा अवरोध आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सुख सुविधा र विलासिताका कामले निकै सताउने छ। सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दुर्गम स्थानमा यात्राको सम्भावना छ । विशिष्ट व्यक्तिहरुसँग भेटघाटको अवसर मिल्ने छ । नयाँ व्यवसायको थालनी होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रेमी प्रेमीकाको सम्बन्ध निकै राम्रो रहला । बोलीको प्रभाव पर्नेछ । दिन लाभदायिक हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बोलिको प्रभाव बढ्नुका साथै मान सम्मान पनि पाईएला । आर्थिक सम्मुनतिको योग छ । कृषि क्षेत्रमा भने घाटा होला ।

बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खर्च बढ्ने तथा झमेलामा पर्ने योग छ । छिमेकीसँग विवाद होला । पर पुरुष तथा स्त्रीको भय छ ।

धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धार्मिक सामाजिक कामको दायित्व थपिनसक्छ । आँटे ताकेका काम पूरा भई धन लाभ हुनसक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिने छ । मातृ पक्षबाट राम्रो सहयोग मिल्नेछ ।

कुम्भ –गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा रुचि बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायत मिल्नेछ । आजको दिन सुखमय रहला ।

मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पारिवारिक समस्याले पिरोल्नेछ । विस्तारै समस्या समाधान हुने योग छ । दाजुभाईसँगको सम्बन्ध राम्रो रहला । शिक्षामा सफलता मिल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *