कल्भर्ट बनाउन खनिएको खाल्डोमा डु*बेर २ बालकको मृ*त्यु
झापा । झापाको कमल गाउँपालिका ४ भुत्लुङ खोलाको निर्माणाधीन कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ।
खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घरमा कसैलाई केही नभनी निस्केका उनीहरु अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment