स्वयंवर भन्दा अगाडि नै रामले सीतालाई बगैंचामा देखेका थिए

डिसी नेपाल
५ असोज २०७६ ८:४८

काठमाडौं। श्रीरामचरित मानसमा श्रीराम र सीतासँग सम्बन्धित कयौं रोचक प्रसंग छन्। स्वयंवर भन्दा पहिला रामले र सीताले एकअर्कालाई देखेका थिए। श्रीरामचरित मानसको बालकाण्डमा यसको प्रसंग छ। आज हामी यही प्रसंगको विषयमा जानकारी दिन गइरहेका छौं।

रामायणमा जब राक्षसी तारकाको आतंक निक बढेको थियो। तारकाको आतंकबाट आजित ऋषि विश्वामित्र श्रीराम भएको ठाउँमा पुगे। विश्वामित्रले राजा दशरथलाई श्रीराम र लक्ष्मणलाई पठाउन आग्रह गरे। राजा दशरथ ऋषिमुनीले भनेको कुरा काट्न सक्दैन थिए। त्यही भएर राजाले राम लक्ष्मणलाई ऋषि विश्वामित्रसँग जाने आज्ञा दिए।

जब श्रीराम र लक्ष्मण विश्वाभित्रसँग वनमा पुगे तब त्यहाँ राक्षस तारका आइन्। ऋषि विश्वामित्रले श्रीरामलाई तारकाको वध गर्न आज्ञा दिए अनि श्रीरामले तारकाको वध गरे। त्यसपछि श्रीराम र लक्ष्मण ऋषि विश्वामित्रसँगै जनकपुर पुगे।

राजा जनकले सबैलाई आदरपूर्वक सबैलाई आफ्नो महलमा लिएर आए। भोलि पल्ट दुवै जना फूल लिन बगैंचामा गए। त्यही समयमा जनकपुत्री सीता पनि माता पार्वतीको पूजा गर्न त्यँही आइन्। श्रीरामलाई देखेर सीता मोहित भइन्। श्रीराम पनि सीतालाई देखेर आनन्दित भए।
यो प्रसंगलाई श्रीरामचरित मानसमा यसरी प्रस्तुत गरिएको छ–

देखि सीय सोभा सुखु पावा। ह्रदयं सराहत बचनु न आवा।।
जनु बिरंचि जब निज निपुनाई। बिरचि बिस्व कहं प्रगटि देखाई।।

त्यसपछि माता पार्वतीको पूजना गर्ने समयमा सीताले श्रीरामलाई आफ्नो पतिका रुपमा पाउन कामना गरिन्। भोलि पल्ट स्वयंवरको आयोजना गरियो। उक्त आयोजनामा जसले भगवान शंकरको धनुषमा प्रत्यंचा चढाउँछ, त्यसै व्यक्तिसँग सीताको विवाह हुने शर्त राखिएको थियो।

राजा जनकले बोलाएपछि ऋषि विश्वामित्र श्रीराम र लक्ष्मणलाई लिएर स्वयंवरमा गएका थिए। स्वयंवरमा सबै राजा धनुष उठाउन असफल भए। त्यसपछि श्रीरामलाई विश्वामित्रले आज्ञा दिए। श्रीरामले धनुष उठाए र धनुषमा प्रत्यंचा चढाए, त्यसपछि धनुष भाँचियो। यसरी श्रीराम वर सीताबीच विवाह भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *