एनआरएनए कुवेतको अन्तरक्रिया तथा सम्मान कार्यक्रम

डिसी नेपाल
५ असोज २०७६ १२:१०

कुवेत। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कुवेतले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ। संघले गत शुक्रबार ज्लिबस्थित पप्पिन्स हलमा कुवेतमा क्रियाशील रहेका विभिन्न संघ संस्था, पत्रकार तथा बुद्धिजीवीहरूसँग अन्तरक्रिया गरेको हो।

एनआरएनएको नवौँ विश्व सम्मेलनमा एनसीसी कुवेतले उठाउनु पर्ने नेपाली श्रमिकहरूको समस्या, समाधान र संघको भूमिका बारे आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रम आईसीसी  सदस्य अमित राईको विशेष आतिथ्यमामा सम्पन्न भएको थियो।

आगामी अक्टोबर १५ देखि १८ तारिखसम्म काठमाडौंमा हहुन गइरहेको एनआरएनएको सम्मेलनमा विश्वभरिका ८० भन्दा बढी देशका एनसीसीहरुले सहभागीता जनाउँदैछन् । कुवेतमा कार्यरत श्रमिकका समस्याहरु, समस्याको समाधान तथा न्यूनीकरण, त्यसमा सरकारको भूमिका भन्ने विषयमा अन्तरक्रिया गरेर वक्ताहरूले उठाएका मुद्दाहरूलाई एनआरएनए कुवेतले बुँदागत रुपमा संकलन गरेका थियो।

कार्यक्रममा जिफन्ट सपोर्ट गूरुपका अध्यक्ष गणेश रावत, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा, नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङ, पत्रकार महासंघका उपाध्यक्ष नवराज पन्थी, झापाली समाजका अध्यक्ष लोमश बास्तोला, खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष पन्चु राई, खोटाङ कुवेतकै निवर्तमान अध्यक्ष प्रेम कटुवाल, नेवा गुठी कुवेतमा अध्यक्ष सुरज मास्के, चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चनलगायतले सुझाव राखेका थिए।

वक्ताहरूले घरेलु कामदारमा श्रम शोषण, मानसिक यातना, आर्थिक शोषण तथा यौन दुर्व्यवहार जस्ता समस्याहरू समाधानका बाटोहरू खोजिनुपर्ने, नेपाली दूतावासबाटै श्रम गर्न पाउनुपर्ने, कुवेतमा मृत्यु हुने नेपालीको शव सरकारकै तर्फबाट नेपालमा तिनका परिवार सम्म पुर्याउनुपर्ने, नेपाल-कुवेतबिच श्रम सम्झौता गर्नुपर्ने, नेपाल९कुवेतसिधा उडान हुनुपर्ने जस्ता महत्त्वपूर्ण कुराहरू उठाएका थिए। कतिपय वक्ताहरूले नेपाली दूतावासले अपेक्षा राखे अनुरूप काम गर्न नसकेका कारण नेपाली कामदारहरूले बढी दुख पाइरहेको गुनासोसमेत पोखेका थिए।

एनआरएनए कुवेतका महासचिव दिलकुमार पाख्रिनले सहजीकरण गरेको सोही कार्यक्रममा २०१७-१९ कार्यकालका कार्य समिति र कुवेतबाट संचालित मिडियाहरुलाई खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। अघिल्लो कार्यसमिति निर्माणमा अहम भूमिका निर्वाह गर्दै सक्षम कार्यसमिती निर्माण गरेको भन्दै निर्वाचन समितिलाई पनि मायाको चिनो, खदा र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए।

कार्यक्रमको अन्तमा आईसीसी सदस्य अमित राइले नवौँ विश्व सम्मेलनमा एनआरएनए कुवेतको भूमिका र फाइदाका बारेमा जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *