दशैँका लागि टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा टिकट काट्नेको भीड (फोटो फिचर)

डिसी नेपाल
५ असोज २०७६ १२:५२

काठमाडौँ । दशैँमा घर जाने यात्रुको लागि आज (आइतबार)देखि टिकट बुकिङ खुला भएको छ ।

चाडपर्व अगाडि नै गाडि भाडा बढाउने तयारी गरे पनि तत्काललाई नबढाउने सरकार र व्यवसायीबीच सहमति भएसँगै दशैँमा काठमाडौँ बाहिर जाने यात्रुका लागि आजबाट अग्रिम टिकट खुलाईएको हो ।

यात्रुले सम्बन्धित टिकट काउन्टरमै पुगेर वा अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सक्ने छन् ।

विगतका वर्षहरुमा दशैँ आउन एक महिना अगाडि नै खूल्ने अग्रिम टिकट यस वर्ष भने भाडा बढाउने वा नबढाउने भन्ने विषयमा सहमति नहुँदा केही दिन ढिला भएको छ।

अग्रिम टिकट बुकिङ खुलेकै दिन काठमाडौँको नयाँ बस पार्कमा टिकट काट्नेको लाम लागेको छ ।

फोटोमा हेर्नुहोस् नयाँ बसपार्कमा टिकट काट्नेको भीड

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *