एनआरएनए दक्षिण कोरियाको नेतृत्वमा यज्ञराज सुवेदी विजयी

डिसी नेपाल
५ असोज २०७६ १७:२१

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) दक्षिण कोरियाको नेतृत्वमा यज्ञराज सुवेदी विजयी विजयी भएका छन्। आइतबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनबाट सुवेदी अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचनमा १८ सय २२ जनाले मत दिएका थिए । जसमध्ये १० भोट बदर गरिएको थियो। सुवेदी ७ सय ९४ मत प्राप्त गर्दै विजयी भए। अध्यक्षमा सुवेदीसहित ३ जनाको उम्मेदवारी परेको थियो।

निर्वाचनबाट बरिस्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्षमा संजिव राई, सोम तामाङ र यदु लामिछाने, महासचिवमा विमल सुवेदी, सचिवमा मनोज गौतम र राजकुमार स्याङताङ, कोषाध्यक्षमा चन्द्र राना, सहकोषाध्यक्षमा सन्तोष खड्का र युवा संयोजकमा अरुण श्रेष्ठ विजयी भएका छन्।

त्यस्तै महाधिवेशनले अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा लक्ष्मी लामा गुरुङ र ओम जुग्जालीलाई निर्विरोध चयन गरेको छ।

महाधिवेशनमा सहभागी हुन् संघका अध्यक्ष भवन भट्ट,उपाध्यक्ष कुमार पन्तलगायतका नेताहरु दक्षिण कोरिया पूगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *