आज शुभ अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् सोमबारको राशिफल

डिसी नेपाल
६ असोज २०७६ ५:५०

आज मिति २०७६ साल असोज ६ गते । तदनसार सन् २०१९ सेप्टेम्बर २३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष, नवमी, १३ः२३ उप्रान्त दशमी तिथि । नक्षत्र– आर्द्रा, ७ः४२ बजेउप्रान्त पुनर्वशु, वरियान् योग ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
व्यापार ब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *