सप्तरीमा एक युवकमा माथि गो*ली प्रहार

डिसी नेपाल
६ असोज २०७६ ६:३८

सप्तरी । अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा आइतबार राति ८ बजे एक जना युवक घाइते छन्।

राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

यता घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *