मासुजन्य विज्ञापनमा गाईको फोटो राखेकोमा पशुसेवा विभागले माफी माग्यो

डिसी नेपाल
७ असोज २०७६ १५:३७

काठमाडौं। ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षकमा पशु सेवा विभागले हालै सार्वजनिक भएको पोस्टरका विषयमा विवाद भएपछि पशुसेवा विभागले माफी मागेको छ । उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर गाईसमेत समावेश भएपछि यो पोस्टर विवादास्पद बनेको थियो ।

खसी, बंगुर, भेडा, माउ बाख्रो र माछासँगै मासुजन्य पदार्थमा गाईलाई पनि त्यो पोस्टरमा समावेश गरिएको छ। विभागले दशैंलाई लक्षित गर्दै स्वस्थ मासुबारे चेतना जगाउन पोस्टर सार्वजनिक गरेको थियो। गाईलाई हिन्दु धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गर्छन्। पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको चित्र पनि देखाइएको छ।

यसैबीच विभागका महानिर्देशक डा. बंशी शर्माले पोस्टरमा गाईको तस्बिर भुलबस राखिएको स्वीकार गरे। विभागले एक विज्ञप्ति प्रकाशित गर्दै भूलका लागि माफी माग्दै गल्ती सुधार गरिएको जानकारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *