आज शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् बुधबारको राशिफल

डिसी नेपाल
८ असोज २०७६ ६:०८

आज मिति २०७६ साल असोज ८ गते बुधबार, इस २०१९ सेप्टेम्बर २५, शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११३९ ञलगा। आश्विन कृष्णपक्ष। एकादशी, ९ः४५ उप्रान्त द्वादशी तिथि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यवसाय लाभदायक होला । राजनीतिक क्षेत्रबाट धन लाभ होला। टाढाको यात्रा हुने योग छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
गुप्ताअङ्गसम्बन्धी रोग लाग्न सक्ने योग छ। श्रीमतीसँगको सम्बन्ध राम्रो हुने छैन्। धन हानी होला। आजको दिन मध्यम रहला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गीतसँगीतमा रुची बढ्नेछ। मानसम्मान पाउने योग छ। दिउँसो १२ बजेपछि नसोचेको धन लाभ होला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारीक सद्भाव बढ्नेछ। आफ्नै दक्षताले विभिन्न कार्यहरु सम्पन्न हुनेछन्। साहित्यिक क्षेत्रमा रुची बढ्ने छन्।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
इच्छा र मनका भावना बढ्नेछन्। छिटो रिस उठ्ने बानीले दुख पाइएला। ठूलाबडा व्यक्तिसँग भेटघाट होला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कला, गलाको प्रभाव बढ्नेछ। बोलीको प्रभावले तपाईको दिन निकै लाभदायिक होला। विदेशका लागि रोजगारीको ढोका खुल्ने छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेमीकाबाट राम्रो सहयोग मिल्नेछ। धन कमाइ हुने योग छ। राजनीतिक क्षेत्रबाट सफलता मिल्नेछ।

बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विद्यार्थीका लागि आजको दिन निरासाजनक हुन सक्छ। सोचेको फल प्राप्त नहुनाले आफै समस्यामा पर्न सकिनेछ।

धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवारसँग रमाइलो भेटघाट हुनेछ। समस्या समाधान हुने छन्। तपाईको आराधना सुरु हुनेछन्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साझेदारीका काम तथा सानातिना समस्या चाडै हल होलान। मनमा शान्ति र अनुहारमा कान्ति छाउने छन्।

कुम्भ –गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मित्रजन, आफन्तजन र सन्तान पक्षबाट सहयोग मिल्ला । चोटपटकको भय देखिन्छ।

मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कला र गलाको समस्या देखिएला। धन लाभ भएपनि मन भने खिन्न हुने छ । बेलुकीपक धन लाभ हुने योग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *