गाउँपालिका अध्यक्षको अश्लील सेल्फी भाइरल, विरोधीले सिध्याउन खोजेको दावी
काठमाडौं। बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सेल्फीमा उनको अवस्था भने अश्लील छ।
यसरी तस्वीर भाइरल भएपछि डिसी नेपालले डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझासँग सम्पर्क गर्यो। डिसी नेपालसँगको फोनमा अध्यक्ष ओझाले सो तस्वीर आफ्नै रहेको स्वीकार गरे। उनले भने, ‘मेरा विरोधीले मलाइ सिध्याउन यस्तो गरेका हुन्।’
डिसी नेपालसँगको कुराकानीमा उनी निकै तनावमा रहेको बुझ्न सकिन्थ्यो। उनले निकै अश्लील शब्दको प्रयोग गरेर डिसी नेपालसँग कुरा गरेका थिए। उनले निकै अश्लील शब्द प्रयोग गर्दै कुरा गरेपछि यसबारे कुरा गर्दा उनले आफू सधै यस्तै भएको बताए । उनले भने, ‘मेरै पार्टीका मान्छेहरु लागेका हुन्।’ ओझा तत्कालीन एमाले हालको नेकपाबाट विजयी अध्यक्ष हुन्।
को–को लागे विरोधमा भन्ने प्रश्नमा ओझाले भने, ‘म कसैको नाम लिन चाहन्न तर, मेरै पार्टीका मान्छेहरु लागेका छन्। उनीहरुले काँग्रेसका मान्छेलाई पनि दिए (अश्लिल तस्वीर) । तर, यो तस्वीरले आफूलाई केही फरक नपार्ने उनको भनाइ छ।
उनले यो तस्वीर दुई वर्षपहिला आफु विरामी हुँदा काठमाडौंमा लिइएको दावी गरे। तर, तस्वीर उनले आफै होटलको कुनै कोठामा लिएको जस्तो देखिन्छ।
तस्वीर हेर्दा विरामी जस्तो देखिँदैन त भन्ने प्रश्नमा उनले भने, ‘यो सबै विरोधीले गरेका हुन्, तिनीहरुले केही गर्न सक्दैनन्।’ यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाउने विरुद्ध प्रहरीमा उजुरी पनि नगर्ने उनले बताए।
सामाजिक सञ्जालमा भने यो तस्वीर अध्यक्ष ओझाले एक युवतीलाई मोबाइलमा पठाएको चर्चा छ।
No ads found for this position


डिसी नेपाल
Pic herne kata bata ho