खगित्रा शाहीले जन्माइन् एकैपटक ४ बच्चा

डिसी नेपाल
८ असोज २०७६ १९:१५

काठमाडौं। बुधबार राजधानीको काठमाडौं मेडिकल केलज (केएमसी)मा एक दुर्लभ घटना भयो। एकैपटक एक युवतीले ४ जना शिशुलाई स्वस्थरुपमा जन्म दिइन्। २७ वर्षिया खगित्रा शाहीले बुधबार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएकी हुन्।

३४ हप्ताका शिशुलाई अप्रेशनमाफर्त केएमसीका चिकित्सकले सफलतापूर्वक सुत्केरी गराएका हुन्। केएमसीकी डाक्टर मिना थाापको टिमले सो शल्यक्रिया गरेको केएमसी स्रोतले डिसी नेपाललाई बतायो। स्रोतका अनुसार सबै शिशु र आमाको स्वास्थ्य ठिक छ। तर, शिशुहरुको तौल कम र समय अगावै जन्मिएकाले अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको स्रोतले बतायो।

फोनमाफर्त सबै जानकारी दिन नसकिने केएमसी स्रोतको जवाफका कारण यो विषयमा विस्तृत जानकारी लिने डिसी नेपालको प्रयास असफल भयो।
यो विषयमा बीबीसी नेपाली सेवालेसमेत समाचार प्रकाशित गरेको छ। बीबीसी नेपाली सेवाले केएमसीका चिकित्सकको हवला दिँदै यो घटना दुर्लभ भएको बताएको छ।

४ शिशुमध्ये ३ छोरा हुन भने एक छोरी। सो शल्यक्रियामा संलग्न नर्स कल्पना अधिकारीको हवलालाई दिँदै बीबीसीले तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर देखिइरहेको उल्लेख गरेको छ।

केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्कीले बीबीसी नेपाली सेवासँग भनेकी छन्, ‘सामान्य तरिकाबाटै बस्ने गर्भमा यस्तो हुनु निकै दुर्लभ हो। मेरो ३५ वर्षे अनुभवमा मैले देखेको यो दोस्रो चम्ल्याहा जन्म हो।’

जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमशः झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन्।

चारवटा बच्चा गर्भमा रहेको भन्ने पहिले नै थाहा भएपछि झण्डै एक महिनाअघि खगित्रालाई उनको परिवारले काठमाडौं ल्याएको थियो। उनका श्रीमान पदम बहादुर शाहीले बीबीसी नेपालीसँग भनेका छन्, ‘पछिल्ला केही साता त उनलाई हिँड्न, उठबस गर्न र खाना खान नै निकै कठिन भएको थियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *