एनआरएनए उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष हिक्मत थापाको उम्मेदवारी

डिसी नेपाल
९ असोज २०७६ १२:०५

काठमाडौँ। गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्( एनआरएनए/आईसीसी) को उपाध्यक्षमा हिक्मत थापाले उम्मेदवारी दिने भएका छन्। संघको वर्तमान कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारीमा रहेका थापाले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनएलाई संसार भरी रहेका सबै पेशा ,व्यावसाय र भूगोलमा रहेका  प्रवासी नेपालीहरूको साझा र अपनत्व हुने संस्था बनाउन आफ्नो उपाध्यक्षमा उम्मेदवारी रहेने थापाले बताए।

आफू उपाध्यक्षमा निर्वाचित भए संस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने, बिशेषत खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरूको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्वाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो मुख्य योजना रहेको थापा बताउँछन्।

को हुन् थापा ?

कैलालीको टिकापुर घर भएका थापा हाल अफ्रिकामा छन्। उनी विगत १३ वर्षदेखि अफ्रिकन मुलुक नाइजेरियामा बस्छन्। समाजसेवा र साहित्य आफ्नो रुचीको विषय बताउने थापा समाजसेवा र साहित्य क्षेत्रमा क्रियाशील छन्।

सन् २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरि संस्थापक अध्यक्ष बनेका थापा, सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष , सन २०११– ०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५–०१९ दुई कार्यकाल संघको अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

एनआरएनए अभियानमा थापाको योगदान-

नेपालीहरू भर्खरै  पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका १६ मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको महत्वपूर्ण भूमिका थियो। नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका नेपालीको घरफिर्ता र अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्धारमा थापाले संयोजनकारी भूमिका खेल्दै आएका छन्।

अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरू रहेपनि भुकम्प र अन्य दैबीक प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत थापाको नेतृत्वमा सहयोग जुट्ने गरेको छ।

त्यस्तै उनले विभिन्न जिल्लाहरूमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन्। गएको भूकम्पपछि आफू कार्यरत संस्थाबाट भुकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी  डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

दुई कार्यकाल कोषाध्यक्ष रहँदा पहिलो कार्यकाल एनआरएन भवन र भुकम्प राहतको कोष संकलन, नाकाबन्दीको राहात र बाढी, हुरी पीडित राहात संकलनको ब्यबस्थापन गरेका थापाको दोश्रो कार्यकाल मूलत लाप्राक बस्ती, भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *