गाई काटेको आरोपमा तीन पक्राउ

डिसी नेपाल
९ असोज २०७६ १९:४९

बाँके। गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार रहेका छन् ।

राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । “प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो”, इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भने। तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए।

तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उनले जानकारी दिए। निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए। उनले फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार कारवाही हुने बताए।

सो परिच्छेदमा गाई÷गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई÷गोरु मारेमा वा कुनै नियतले चोट पुर्याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा छ महीनासम्म कैदको व्यवस्था छ । गाई÷गोरुलाई चोट पु¥याएमा रु ५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यसैबीच, ग्यारेजमा राखिएको गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर कोहलपुर–१२ का अन्दाजी २८ वर्षीय ललित श्रेष्ठको मृत्यु भएको हो । ना ६ ख ५३६४ नम्बरको गाडीको चक्का निकालेर मर्मत गर्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइँदा श्रेष्ठलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *