एउटै मन र एउटै विचारका साथ अगाडि बढ्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

डिसी नेपाल
१० असोज २०७६ १९:०३

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एक वर्ष भित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दावी गरेका छन्।

अध्यक्ष दाहालले पार्टीलाई सम्पूर्ण जनताको एकमात्रै पार्टी बनाउन देशभर अभियान संचालन गर्ने घोषणा पनि गरे।

त्यसका लागि केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाएर आवश्यक योजना तथा कार्यक्रम तय गर्ने अध्यक्ष दाहालको भनाई छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी सम्पर्क समन्वय कमिटीको भेलामा बोल्दै उनले पार्टीे सिंहको झैं गर्जन लिएर देशव्यापी अभियानमा जाने तथा आम कार्यकर्ता र जनतासँगको सम्बन्धलाई बलियो बनाउने गरी अभियान नै संचालन गर्ने पनि बताउनु भयो । अध्यक्ष दाहालले दश लाख कार्यकर्तालाई लिएर देशभर पार्टीले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुने चेतावनी पनि दिए।

अध्यक्ष दाहालले एक वर्षयता पार्टीका करिव १० लाख कार्यकर्ताले काम नपाउँदा ठूलो क्षति व्यहोर्नु परेको भएपनि अव पार्टी कामले गति लिने दावी पनि गरे।

अध्यक्ष दाहालले पार्टीले आगामी दिन चलाउने अभियानमा एक मन, एउटै विचारका साथ अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *