साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ
भोजपुर । भोजपुरमा साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ परेका छन्।
जिल्लाको षडानद नगरपालिका १ बार्ता बस्ने एकराज कार्कीको घरमा कौडा खेलिरहेका कार्की लगायत १२ जनालाई नगद १८ हजार ७ सय रुपैयाँ र १६ थान कौडा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा अस्थाई प्रहरी चौकी कात्तिकेघाटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment