भिजिट नेपाल २०२० सफल पार्न एनआरएनएन कतारको प्रचार अभियान सुरु

डिसी नेपाल
११ असोज २०७६ ७:२२

दोहा, कतार । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ एनआरएनए कतारले प्रचार प्रसार अभियान सुरु गरेको छ ।

कतारको राजधानी दोहा लगायतका शहर तथा मेट्रोमा पनि पर्यटन प्रवर्द्वन तथा ‘भिजिट नेपाल २०२० को प्रचार प्रचारको कार्यलाई तिब्रता दिएको एनआरएनएन कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए।

विश्व पर्यटन दिवसको अवसरमा नेपाली, अंग्रेजी र अरबी भाषामा भिजिट नेपाल २०२० लेखिएको टिशर्ट सार्वजनिक गर्दै एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपाल प्राकृतिक, साँस्कृतिक, मनोरन्जन तथा साहसिक पर्यटनका लागि उचित गन्तव्य रहेको बताउँदै नेपाल पुग्न अनुरोध गरे।

अन्य मुलुक भन्दा गल्फ र खास गरि कतारी नागरिक बढी खर्च गर्न सक्ने हैसियत रहेको भन्दै प्रवक्ता क्षत्रीले सम्पूर्ण कतारीहरुलाई एकपटक नेपाल पुग्न आव्हान गरेको बताए। भगवान गौतम बुद्वको जन्मस्थल, विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा एकपटक मात्र पुग्यो भने त्यो सम्झनाले पटकपटक नेपाल पुग्न प्रेरित गर्ने प्रवक्ता क्षत्रीको भनाइ थियो।

सरकारले एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्न सहज आउजाउको वातावरण तयार गर्नुपर्ने सहभागीहरुको भनाइ थियो। पर्यटन वर्ष सफल पार्न गैर आवासीय नेपाली संघले भूमिका खेल्ने प्रतिवद्धता समेत जनाएको छ । नेपाल सरकारले २० लाख पर्यटकलाई स्वागत गर्ने लक्ष्यका साथ सन् २०२० लाई
भ्रमण वर्षका रूपमा मनाउँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *