राष्ट्रसंघ महासभामा मोदीको भाषण–भारतले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ

डिसी नेपाल
११ असोज २०७६ ८:०३

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् ।

शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई केवल १७ मिनेट मात्रै सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताएका छन्। सम्बोधनमा उनले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ । पूरा विश्वलाई शान्तिको सन्देश दिएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महासभामा कैयौँ मुद्दा उठाएका छन् । आतंकवाद पूरा विश्वका लागि खतरा भएको भन्दै उनले भने, ‘हाम्रो आवाजमा आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउने गम्भीरता पनि छ र आक्रोश पनि ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर, पूरा विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो बलिदानी दिएको पनि मोदीले बताए ।

उनले भारत सरकारले अघि सारेका विभिन्न योजनाहरुको पनि चर्चा गरे । साथै मोदीले जलवायु परिवर्तनका लागि भारतको भूमिका निकै कम भएको पनि बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *