कामदारको हकहितलाई ध्यान दिएर काम गर्छु : बिष्णु प्रसाद गैरे
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेले कामदारको हितलाई ध्यान दिएर काम गर्ने बताएका छन्।
शनिवार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले कामदारको हित र व्यवसायीको अनुकुलतामा कामगर्ने बताएका हुन् ।
सरोकारवाला निकायसँग समन्वय गरेर सम्बादका आधारमा सहकार्य गर्न आफ्नो कार्यसमिति सधै तयार रहेको पनि बताए।
अध्यक्ष गैरेले अघिल्लो कार्यसमितिले गरेका गल्तिको कारण ब्यबसायी र मन्त्रालयबीच बढेको दूरीलाई घटाउने प्रतिबद्धता पनि व्यक्त गरे।
सरकारले व्यवसायीको सहमति बिना केहि येन संसोधन गरेको नियमावली ल्याएकोले व्यवसायी र सरकार बीच दुरी बढेको बताए।
गत मंगलबार भएको निर्वाचनमा अध्यक्ष गैरेको नेतृत्वमा नेपाली कांग्रेस निकट मानिएका बहुमत ब्यबसायी केन्द्रिय पदाधिकारिमा आएका छन्।
अध्यक्ष गैरेले नेकपा निकट प्रगतिशिल समूहका सरोज कुमार पोखरेललाई ४८ मतले हराएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment