राजा र बाँदरको यो कथाले दिन्छ महत्वपूर्ण सन्देश

डिसी नेपाल
१२ असोज २०७६ ८:२६
4
Shares

काठमाडौं। प्रचलित लोक कथाका अनुसार प्राचीन समयमा एक जना राजा जंगलमा शिकार गर्न गएका थिए। रात परेपछि राजाले जंगलमै शिविर लगाए। राजा सुतिरहेका बेला एउटा बाँदर राजाको शिविरमा घुस्यो र चक चक गर्न थाल्यो।

बाँदरको आवाज सुनेर राजा निद्राबाट ब्यूझिए अनि हेर्दा त त्यहाँ एउटा ठूलो सर्प पनि रहेछ, जुन राजालाई डस्न खोज्दै थियो। राजाले तत्काल सापलाई त्यहाँबाट हटाए।

राजाले बाँदरलाई फल खान दिए। राजाले बाँदरको कारण आफ्नो ज्यान बाँचेको ठाने। जंगलबाट फर्किँदा राजाले बाँदरलाई पनि सँगै लिएर आए।

राजालाई बाँदरप्रति निकै स्नेह थियो। त्यही भएर बाँदरलाई राजाले आफ्नो शयन कक्षमा नै राख्थे। राति राजा सुत्थे भने बाँदरले राजाको रेखदेख गथ्र्यो। एक दिन राजाको नाकमा एउटा झिँगा आएर बस्यो।

बाँदरले झिँगालाई उडाउने निकै कोशिश गर्यो, तर झिँगा उडेन। बाँदरले ठूलो डण्डा प्रहार गर्यो। उक्त डण्डा राजाको नाकमा लाग्यो। राजा तत्काल उठे। बाँदरले फेरि पनि राजाको नाकमा डण्डाले प्रहार गरिरह्यो। राजा तत्काल उठे अनि दुखाइका कारण छटपटाउन थाले। तै पनि बाँदर भने राजालाई डण्डाले हानिरहेको थियो।

राजाले के बुझे भने बाँदर एक जनावर हो। यसलाई सोच्ने, सम्झिने शक्ति छैन। यसको मुर्खताको कारणले आज मेरो ज्यान पनि जान सक्थयो। यस्तो सोचेर राजाले बाँदरलाई तत्काल महलबाट बाहिर निकाले।

यो कथाबाट के शिक्षा पाइन्छ भने हामीले मुर्ख व्यक्तिबाट टाढै बस्नुपर्छ। कहिल्यै पनि मुर्खसँग वाद विवाद गर्नु हुँदैन। मुर्ख व्यक्तिमो सोच्ने शक्ति हुँदैन। जसकारण हाम्रो समस्या झन बढ्न सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *