नेपाल भ्रमण गर्न स्वदेशी तथा विदेशी पाहुनालाई मन्त्री भट्टराईको निम्तो

डिसी नेपाल
१२ असोज २०७६ १०:४३

टोरोन्टो, क्यानडा । क्यानडा भ्रमणमा रहेका संस्कृति तथा, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले स्वदेशी तथा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्री भट्टराईले अन्तराष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको माहासभामा सहभागी हुन क्यानडाको मोन्ट्रियल आएका भट्टराईले शुक्रबार एनआरएनए क्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गरेका हुन्।

अब जो कोही छुट्टी मनाउन बाहिर जानु भन्दा नेपाल नै गएर प्राकृतिक आनन्द लिन आव्हान गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न क्यानडाबासी नेपाली समुदाय जुटेर लाग्नु पर्ने बताए । वाइडबडी एयरलायन्स लगायत केही नयाँ एयरलायन्सहरु अहिले घाटामा गइरहेको अवस्थामा आफू विदेश घुम्दा पनि मन शान्त नभएको उनको कथन थियो ।

कार्यक्रममा बोल्दै भट्टराईले भने, यसका लागि नेपाल सरकारले समाधानको उपाय निकाल्न लागि परिरहेको छ। साथै उनले प्रवासमा रहेका नेपालीहरुका नागरिकता विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेकोले अब छोरा नाती सम्मले पनि नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरिने बताए ।

यस विषयमा केही कमिकमजोरि रहेछन् भने पनि विधेयक परिमार्जन गर्न सकिने उनको स्पष्टोक्ति थियो । टोरोन्टोको नेपाली रेष्टुरेन्ट वन्क्वेट हलमा आयोजना गरिएको कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मार्फत नेपाल र क्यानडाका पर्यटकबीच सुमधुर सम्बन्ध स्थापना गराउन आफू लागि परेको बताए ।

यस्तै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्वल थापा, पूर्व महासचिव सुमन लम्साल लगायतले नेपालका सुन सुकै ठाउँ पनि घुम्न योग्य रहेकाले त्यस्ता ठाउँहरुको प्रचार प्रसार गरि पर्यटकको शान्ती सुरक्षा प्रति पनि ध्यान दिन आग्रह गरेका थिए।

एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा टोरोन्टो क्षेत्रका सांसद नाथलियन लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। यसअघि नेपाली दूतावासले राजधानी अटोवा र टोरोन्टोमा गरेका कार्यक्रमहरुमा पनि मन्त्री भट्टराईले नेपाल भ्रमणलाई नै विशेष जोड दिएका थिए ।

एकसाता लामो भ्रमणपछि मन्त्री भट्टराई आइतवार स्वदेश फर्कने कार्यक्रम रहेको एनआरएनए क्यानडाका मिडिया कोअर्डिनेटर बद्री तिमल्सिनाले बताएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *