कृषि विकास बैंक ह्याकिङ प्रकरण : लाहान शाखाकै शाखा प्रमुख पक्राउ

डिसी नेपाल
१२ असोज २०७६ १७:१५

काठमाडौं । कृषि विकास बैंकबाट लुटिएको रकम प्रकरणमा मुछिएको आरोपमा सोही बैंकका शाखा प्रमुख पक्राउ परेका छन्।

ह्याकिङ प्रकरणमा मुछिएको भन्दै कृषि विकास बैंक सिराहा लाहान शाखाका सुनीलकुमार झालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी श्यामलाल ज्ञवालीले बताए।

उनका अनुसार लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई पक्राउ गरेको हो।

‘कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको बेलामा पक्राउ परेका शाखा अधिकृत झा लहान शाखाका निमित्त प्रमुख थिए।’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *