यूएईमा भएको भयानक दुर्घटनामा ६ जना नेपालीको मृत्यु

डिसी नेपाल
१३ असोज २०७६ २१:४४

काठमाडौं। सोमबार सँयुक्त अरब इमिरेट्समा भएको भयानक सडक दुर्घटनामा ६ जना नेपाली मारिएका छन्। मिनिबसबाट कामका लागि जाँदै गरेका मजदुरहरुलाई ट्रकले ठक्कर दिएको दुबई प्रहरीका प्रमुखले बताएको गल्फ न्यूजले लेखेको छ।

यूएईको दुबईको शारजहाँस्थित शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई ट्राफिक प्रहरीका बिग्रेडियर सैफ मुहायर मजरौनीले मिनबस र ट्रक दुर्घटना परेको जानकारी दिएका छन्। उनले घटनामा आठजनाको मृत्यु भएको र ४ जना गम्भीर घाइते बताए। उनले २ जना निकै गम्भीर रहेको बताएका छन्। मृतक मध्ये ६ जना नेपाली रहेको बताएका छन्। तर, मृतकको नाम भने खुलाइएको छैन। घाइतेको दुबईस्थित राशिद अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्।

मिनीबसमा १३ जना रहेको उनले बताएका छन्।

यो घटनाबारे विस्तृत विवरण प्राप्त नभएको प्रहरी जनाएको छ। दुबईस्थित नेपाली दूतावासले भने यो विषयमा केही जानकारी दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *