घुस लिएको अभियोगमा प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ
सांकेतीक तस्वीर-
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ।
आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो।
आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment