संसदमा महराको राजीनामाको सूचना टाँसियो

डिसी नेपाल
१५ असोज २०७६ १४:३९

काठमाडौं। संसद् सचिवालयले सभामुख कृष्णबहादुर महराको राजीनामाबारे औपचारिक जानकारी गराएको छ । सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि महराले राजीनामा दिएका थिए । आरोपपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा बुझाएका थिए ।

संसद् सचिवालयका सचिव डा. भरतराज गौतमले सूचना प्रकाशित गर्दै महराको राजीनामाबारे जानकारी गराएका हुन्। ‘उपसभामुखको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना प्रकाशन गरिएको छ’ सचिवालयले बुधबार निकालेको सूचनामा उल्लेख छ। नियमावलीअनुसार संसद् बैठक चल्दा अध्यक्षता गर्ने व्यक्तिले राजीनामा पढेर सुनाउनुपर्छ बैठक नभएको अवस्थामा भने सूचना प्रकाशन गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *