भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन
मकवानपुर । प्रदेश नं ३ को राजधानी हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन गरेकाे हाे।
सो अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना प्रविधिको प्रयोगबाट जनतालाई आर्थिक समृद्धितर्फ उत्प्रेरित गर्न सरकार प्रतिबद्धताका साथ कार्यक्रम लिइ लागि परेको बताए।
उनले सञ्चार क्षेत्रमा नयाँनयाँ प्रविधिको प्रतिस्पर्धाबाट युवापुस्तालाई सूचना प्रविधिमा उन्मुख गराउँदै समृद्धिको बाटो पहिल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाल टेलिकम काठमाडौँका निर्देशकद्वय अमरनाथ झा र राजेश उप्रेतीले नेपाल टेलिकमद्वारा सञ्चालित मोबाइल फोनको फोरजी सेवा सातवटै प्रदेशका ३२ जिल्लाको ५० वटा शहरमा आजदेखि सेवा शुरुआत गरिएको र जनतालाई नयाँ प्रविधिबाट सुविधायुक्त इन्टरनेट सेवा उपलब्ध गराइने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment