अवैध लागूऔषध सहित ५ जना पक्राउ

डिसी नेपाल
१५ असोज २०७६ २२:१२

काठमाडौं । रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका ५ गोलचौर बस्ने ३२ वर्षीय रन्जित खत्रीलाई अवैध लागूऔषध अफिम ४ केजी ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

बाफीकोट गाउँपालिका ७ स्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मग्माबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका ६ खहरेस्थित होटल कोकनबाट लागूऔषध एनफेटागन ४५ पिस र अन्दाजी १ सय ५० ग्राम लागूऔषधजन्य सुकेको पात सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ पृथ्बीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने ३९ वर्षीय मिजोराम नियाना, पोखरा महानगरपालिका ९ पृथ्बीचोक बस्ने पर्सा घर भएका २८ वर्षीय सहिद अख्तर मियाँ र तनहुँ शुक्लागण्डकी ९ बस्ने २३ वर्षीया रजिया खातुन रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध नियन्त्रण संघीय व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *