परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फिर्ता

डिसी नेपाल
१५ असोज २०७६ २२:३५

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्च स्तरको भ्रमणले दुइ देश बीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन्।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज काठमाडौँ फर्कदै गर्दा विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै चीनका राष्ट्रपति सी जिंगपीगको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताएका छन्।

मन्त्री ज्ञवालीले नेपालले छिमेकी राष्ट्रको बिकाश सहायताले नेपालको विकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि बताए। भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागि रहेकोले निर्णयमा नपुगेको पनि बताए।

मन्त्रि ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देश बीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग रशुवा काठमाडौँ रेलमार्ग हुने बताए। यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने बताए।

यस्तै मन्त्री ज्ञवालीले न्युयोर्कमा भएको सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक पनि सकारात्मक भएको बताए। सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक बोलाएको थियो।

बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कस्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए तर परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताले संवादको थालनी गरेको बताए ।

मन्त्री ज्ञवालीले नेपालको संक्रमणकालिन न्यायको बारेमा समेत महासभाका विषयगत समितिमा चाँसो व्यक्त भएको बताए। मन्त्री ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिए।

नेपालले न्याय ब्यबस्थापनमा बिस्तृत शान्ति सम्झौता, नेपालले अङ्गीकार गरेको प्रतिबद्धता जनाएको अन्तराष्ट्रिय सहमति सम्झौता, नेपालको सर्वोच्च अदालतले गरेका विभिन्न फैसला र नेपालको आफ्नो मौलिक सहमतिलाई आधार बनाएर सम्पादन हुने विश्वास दिलाएको बताए।

पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार खोजबिन आयोग गठन गर्न ढिलाई गरेको भन्दै मानव अधिकारमा काम गरिरहेका संयुक्त राष्ट्र संघका विभिन्न संस्थाले चासो व्यक्त गरेका छन्। साथै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो सहभागिता फलदायी भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *