सल्यानमा विवाह मण्डपबाटै दुलाहा दुलहीसहित ७ जना पक्राउ

डिसी नेपाल
१७ असोज २०७६ २०:४९
4
Shares

सल्यान । सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन्।

बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुबा ४१ वर्षीय लोकबहादुर बोहरा र उहाँकी श्रीमती माया बोहरा, बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुबा ४२ वर्षीय रत्नबहादुर रावत तथा बालविवाह गराउने पण्डित कुशे नगरपालिका–९ जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बाल विवाह भइरहेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरुलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ।

पक्राउ परेका सबैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकाले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *