नक्कली चाँदीसहित एक जना पक्राउ
सांकेतीक तस्वीर-
काठमाडौं । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले नक्कली चाँदिलाई सक्कली चाँदी भनेर बेच्न हिँडेको अवस्थामा धुम्बाराहीबाट सापकोटालाई पक्राउ गरिएको जानकारी दिए।
उक्त चाँदीको मूल्य रु १० लाख ५० हजार बराबर रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment