दशैंका यात्रु बोकेर गएको मिनि बस दुर्घटना, ३ जनाको मृत्यु, २५ घाइते, ५ को अवस्था गम्भिर

डिसी नेपाल
१८ असोज २०७६ १५:३२

काठमाडौं । काठमाडौंबाट सिराहा जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।

सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा उक्त मिनि बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सिन्धुली प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते भएकालाई उपचारका लागि धुलिखेल पठाइएका प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।

मृतकको पहिचान हुन सकेको छैन। घटनाका पूर्ण विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *