सप्तरीमा गाडिको ठक्करबाट एक वृद्धाको ज्यान गयो

डिसी नेपाल
१८ असोज २०७६ १७:०१

सप्तरी । कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स १ च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *