किराँत राई सोसाइटी पोर्चुगलद्वारा क्यान्सरपीडितलाई सहयोग

डिसी नेपाल
१८ असोज २०७६ १९:१९

काठमाडौं । किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ।

भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन्।

सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले (५२६.११ युरो) ६५ हजार नेपाली रकम भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन राईले पीडितकी आमालाई सहयोग रकम हस्तान्तरण गरे।

पीडित राईको आर्थिक स्थिति निकै कमजोर भएको र उपचारका लागि निकै कठिनाइ भएको जानकारी आएलगत्तै पोर्चुगलमा रहेका सहयोगी मनसँंग आह्वान गरी सङ्कलित रकम पीडित उपचारका लागि पठाइएको सोसाइटीका अध्यक्ष राजकुमार राईले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *