कुन राशिको लागि आजको दिन कति शुभ ? हेर्नुहोस् आइतबारको राशिफल
आज मिति २०७६ साल असोज १९ गते। तदनुसार सन् २०१९ अक्टोबर ६ तारिख। आइतबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज तपाईको दिन मनोरञ्जनमा बित्नेछ। मनोरञ्जनसँगै खर्च हुनुका साथै नयाँ ठाउँमा भ्रमण हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सरसामान हराउन सक्नेछ। अनावश्यक खर्च बढ्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन राशी हुनेहरुका लागि आजको दिन शुभ रहेको छ। आज व्यापारमा सन्तुष्टि मिल्नेछ। सोचेको कुरा प्राप्ति हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीतिमा आलोचना हुनेछ। प्रतिष्ठामा आँच आउनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिहं राशी भएकाहरुमा धार्मिक रुचि बढ्नेछ। वैदेशिक कारोबार फस्टाउनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशी हुनेका लागि आजको दिन अनावश्यक झमेला आउनेछ। स्वास्थ्यमा समस्या पर्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यावसायिक यात्रा हुनेछ। पतिपत्निबीच वादविवाद हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिस्पर्धामा जीत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आजको दिन यस राशी भएकाहरुको अध्ययनमा अवरोध पर्नेछ। धनप्राप्ति राम्रो हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
जग्गा जमिनमा विवाद आउनेछ। मानसिक तनाव थपिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अरुको सहयोग मिल्नेछ। व्यस्ततामा दिन बित्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
काममा प्रशंसा मिल्नेछ, राजनीति भेटघाट हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment